श्री अध्यक्ष ज्यू,
भगवतीलाई गाउँपालिका
वेस्तडा, दैलेख ।
विषय: खुल्ला पत्र ।
महोदय,
अन्तरमन अन्तर हृदय देखि उब्जिएको कौतुहलता, जिज्ञासा गुनासो, र भावनाहरूलाई तपाई समक्ष यो सुल्ला पत्र मार्फत राख्ने जमर्को गरेको छु हाम्रो गाउँपालिका सबै वडावासी जनसमुदायको भावना उहाँहरूका साझा समस्याहरू देख्दा मन भारी हुन्छ, त्यसमा तपाई पनि दुखित हुनुहुन्छ होला मैले लेखेको पत्र तपाइ हेर्नुहोला नहोला यसको मर्म बुझेन हजुरको निर्णय हो म मेरो पत्र मार्फत अवगत गराउँछु ।
अध्यक्ष ज्यू, पदभार ग्रहण गरिसक्दा जनसमुदाय बिचमा हजुरको उपस्थिति कुहुन स्वाभाविक मानिएला तर धार्मिक, सांस्कृतिक भेटघाट बाहेक प्रशासनिक तथा लाभदायक उपस्थिति न्यून भन्दा फरक नपर्ला यस अर्थमा तपाइका शिक्षा, स्वास्थ्य रोजगारका विषयमा गाउँपालिका गम्भीर योजनामा सहभागी कहिले हुने हो ? एउटा शैक्षिक सत्र सकिदा सम्मा पालिका स्तरमा शिक्षा क्षेत्रमा दिने गुणस्तरीय ज्ञान, सीपका बारेमा हजुरको तत्परता देख्न सकिएन महोदय विशाल आशा बोकेर भित्रीयका बेरोजगार युवाहरू कहिले कसरी बिदेसिन पुगे कुनै तथ्याङ्ग भएको भए तीनै देश बाहिर रहेका नागरिक र पालिकामा बेरोजगारहरूलाई तपाइको कार्यपालिकामा कहिलेको निर्णयले रोजगार सुचिमा सूचीकृत गर्याे मुख्यमन्त्री रोजगार निर्देशिका संशोधित २०७७ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७५ विपरीत छनौटका कारण व्यापारी, नेपाल सरकारका स्थायी तथा अस्थायी, करार, कर्मचारी परिवारका सदस्य क्रियाशील राजनैतिक दलका व्यक्तिका परिवार, निर्वाचित वडा सदस्य सम्मते रोजगार पेसामा छन् भने ५९ वर्ष पुरा भइसकेका बूढा आमा बुबा सडक तथा सिचाइ निमार्ण कार्यमा सहभागी छन् ।

यसो भए बेरोजगार उमेर समूह १८ वर्ष पुरा भई ५९ ननाघेको बेरोजगार व्यक्ति तथा निजको परिवार हुनेछ भन्नाले के बुझिन्छ होला अध्यक्ष ज्यू कार्यसंचालन कार्यविधि निमार्ण गर्ने र स्थानीय तहमा भएका आवश्यकता पहिचान गरी हरेक समस्या शिक्षा, स्वास्थ्य, खानेपानी विधुत,पूर्वाधारजन्य विकाश सही उपयोग तथा राजश्व वृद्धि देशलाई आर्थिक टेवा पु¥याउ स्थानीय संरचनाको विकाश गरिएको हुनपर्छ । हजुरसँग गरिएको अपेक्षा यो पनि कमै हो । शिक्षा क्षेत्रमा गरिएको उच्च आशाको झिनो उपलब्धि पनि देख्न सकिएन हजुरलाई सम्झना छ गत सार्वजनिक सुनुवाइमा युवापंतिको प्रश्न अध्यक्ष ज्यु हजुरको कार्य समयमा हामी सामान्य लगानीमा हाम्रो पालिकामा क्याम्पस पढ्न पाइन्छ ? क्याम्पस निमार्ण योजनाको कुन चरणमा हुनुहुन्छ जान्न मन छ ।
योजना र कार्यविधि र पद काम गर्नका लागी हो केवल पदभारको अर्थ के रहन्छ । अब त अध्यक्ष ज्यु भन्नोस् दिन दुखी गरिब सर्वसाधारण जनताले के आशा गर्ने ? तपाइको गाउँपालिमा कति जना सेवामा सेवारत के कति छन्, विद्यालयमा शिक्षकहरू कति डाक्टर छन् वा स्वास्थ्य छन् अध्यापनरत कति छन्, निजामती सेवाका कर्मचारी दैनिक सेवारत छन् छैनन् अनुगमन नियमन कसले गर्नुपर्ने हो ? पालिकामा कस्तो जनशक्ति छ पाँच वर्ष मित्र कति जना डाक्टर उत्पादन गर्ने सोच बनाउनु भा छ ? कहिले सम्मा अरूको भर पर्न बाध्य पार्नुहुन्छ ? हरेक वर्ष शिक्षा गुणस्तर दिनुहोस् स्वास्थ्य सेवा प्रभावकारी बनाउनुहोस् किसानका आवश्यकता पहिचान गरी समाधान गर्नुहाेस् पाँच वर्षपछि पनि तारिफ योग्य काम देखुन् तपाईँकै पालामा अविस्मरणीय कार्यहरू सम्पन्न होस् तपाईँका कामहरू प्रभावकारी होस त्यतिखेर थाह हुन्छ जब तपाइले वाह–वाही पाउनुहुन्छ गरिबका छोरा छोरी पढ्न पाउँछन् मजदुरले काम पाउँछन् किसान पेसामा आबद्ध हुन्छन् कर्मचारी निष्ठा वान हुन्छन् विकासका पूर्वाधार सबै प्रभावकारी अनि दीर्घकालीन होस् । यही आशा, अपेक्षा र शुभकामना र सुभेक्षा सहित बिदा हुन चाहन्छु ।
धन्यवाद ।
उही तपाईँको शुभचिन्तक
कृष्णप्रसाद रेग्मी
भगवतीमाई गाउँपालिका–३ मेहलतोली, दैलेख




खुल्ला प्रेस । १७ फाल्गुन २०७९, बुधबार १४:२१