सडक निर्माणमा भएको ढिलाई प्रति नागरिक आक्रोशित

दैलेखः दैलेख सदरमुकाम भित्रको सडक निर्माणमा भएको ढिलाई प्रति नागरिकहरु आक्रोशित भएका छन् ।

नारायण नगरपालिका बजार क्षेत्रको सडकलाई विस्तार गर्ने थालिएको दुई हप्ता बढि भैसक्दा पनि सडक निर्माण ढिलाई भएकोले नागरिकहरु आक्रोशित भएका हुन् ।

नारायण नगरपालिकाले बजार क्षेत्रको सडक फराकिलो गर्दै देवकोटाचौक,डेकेन्द्रचौक लागाएतको क्षेत्रलाई चौडा बनाउने भन्दै काम थालिएपनि बजार क्षेत्र अस्तबेस्त छोडेको कारण नागरिकहरु आक्रोशित हुदै सामाजिक संजालमा विरोध गरिरहेका छन् । काम लिएको ठेकादारले कामलाई तिब्रता नदिएका कारण सडक अस्तब्यस्त भएको भन्दै नारायण नगरपालिका वडा नम्बर १ का रामु विकले सामाजिक संजालमा सडक छिटो बनाउन आग्रह गरेका छन् ।

यता सडक निर्माणको लागि वडा कार्यालयले पटक पटक ताकेता गरेको जनाएको छ । दिउसोको समयमा बजार क्षेत्रमा मानिसहरुको ओहोर दोहोर तथा सवारी साधनको भिड हुने भएकाले बजार क्षेत्र कुरुप देखिएको भन्दै ठेकादारले रातिमा काम गरेर भएपनि समयमै काम सक्न अनुरोध गरिएको छ ।

कतिले सडक निर्माणलाई ब्याङ्गे गर्दै भनेका छन्‘साँझ नहाउने भए किन बिहानै देखि कपडा खोलेर बजारमा जाचेको, नुहाउने बेलामा पो कपडा खोल्ने होला होला ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५