हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

काठमाडौंः हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ परेका छन् । प्रहरीले उनलाई मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको बताइएको छ ।

पक्राउ पर्नेमा म्याउकुरीसहित दुई जना पनि रहेको बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाले जानकारी दिए । उनीहरुले बेलबारीका एक युवकलाई कुटपिट गरेपछि पक्राउ गरिएको इन्सपेक्टर धमलाको भनाइ छ ।

कुटपिटपछि सामान्य घाइते भएका ती युवकलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५