कर्णाली प्रदेशभर ५ सय ४१ डेंगीका संक्रमित फेला

सुर्खेत : कर्णाली प्रदेशभर ५ सय ४१ डेंगीका संक्रमित फेला परेका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशभर गरिएको परिक्षणमा डेंगीको संक्रमित फेला परेका हुन् ।

जसमा सुर्खेतमा सबैभन्दा बढी ४ सय २२ जनामा डेंगी संक्रमीत फेला परेका हुन् । सुर्खेत जिल्लामा पनि वीरेन्द्रनगर नगरपालिका अझै बढी जोखिममा रहेको निर्देशनालयको तथ्याँक रहेको छ ।
वीरेन्द्रनगर नगरपालिकामा २ सय बढीमा डेंगी संक्रमण देखिएको हो ।

यस्तै जिल्लागत तथ्याँकमा जुम्ला जिल्लमा २२, सल्यानमा २२,रुकुमपश्चिममा १८,कालिकोटमा २१, जाजरकोटमा १२, दैलेखमा १४,मुगुमा ८, डोल्पामा १ र हुम्लामा १ जनामा डेंगी फेला परेको हो ।

स्वास्थ्यकर्मीहरुका अनुसार डेंगी एकप्रकारको भाइरस भएकोले यो जुनसुकै उमेरकालाई पनि हुनसक्छ । डेंगी संक्रमित लामखुट्टेले टोकेपछि ४ देखी ७ दिनसम्म यसको लक्षण देखिने र यसको लक्षणहरुमा धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेशीहरु र ढाड देख्ने, शरीरमा विविरा आउने, रिंगटा लाग्नेर वाकवाकी तथा वान्ता हुने गर्दछ ।

यसका साथै वान्तामा रगत देखापर्ने, धेरै पेट दुख्ने, लगातार वान्ता हुने, रक्तश्राव हुने, बेहोस हुने समेट डेंगीको जटिल अवस्था भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यसबाट बच्नका लागि घर र व्यक्तिगत सरसफाईमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

बिहिबार पत्रकारहरुसंग डेंगीरोग विषयमा अन्तर्रक्रिया कार्यक्रमको आयोजना गर्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले झुल लगाएर मात्रै सुत्ने वा पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, टायर, सिसि, अन्डाको बोक्रा, ड्रम, बाँटा, बाल्टिन, फुलदानी, गमला, कुलर, पानीका ट्याकीं आदि लगाएत पानी जम्ने भाँडा तथा स्थानहरु जस्तै छाना, कौशी, बरण्डा, ढल, नाली, कुलो, आदीमा पानी जम्न नदिनु नै डेंगीबाट बच्नु भएको बताएको छ ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै निर्देशनालयका श्यामलाल आचार्यले घरमा वा छिमेकीमा एकजनालाई डेंगी संक्रमण भएमा उक्त लामखुट्टेले अरुलाई पनि टोक्ने भएकोले यसबाट बच्न बिरामीले पनि झुलको प्रयोग गर्नुपर्ने र अन्यले पनि झुलको प्रयोग गरेर सुत्नुपर्ने बताए ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै डां के एन पौडेलले डेंगीको संक्रमण भएको ३ देखी ४ दिन भन्दा पछि बढी जटिल हुने बताए । उनले डेंगीको संक्रमणका कारणले आएको ज्वरो घटेपछि अझै बढी डर हुने जानकारी दिए । डेंगीको संक्रमण भएका बिरामीहरुले संक्रमण भएको सुरु देखी नै जिवनजलको नियमित प्रयोग गर्न र पानीको मात्रामा कमी हुन नदिन सुझाव समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश स्वास्थय सेवा निर्देशनालयका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद भट्टराईले डेंगीको खतरा अझै डेढ महिनासम्म पनि रहेकोले अझै सचेत हुन नागरिकहरुलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा करिब ३५ जना भन्दा पत्रकारहरुको सहभागीता रहेको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५