सुर्खेतः रुकुम पश्चिमको बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस चिप्लिएर दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको बस सडकबाट चिप्लिएर दुर्घटना भएको र घाइतेलाई उद्धार गरि अस्पताल लगिएको प्रहरीको भनाइ छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । २० मंसिर २०७८, सोमबार २१:१५