दैलेखः दैलेख जिल्लाको साविक कट्टि गाउँ पञ्चायतमा भाजभन्दा झण्डै ४८ वर्ष पहिले कटकबहादुर शाही र धनसरा शाहीको पाँचौ सन्तानको रुपमा जन्मिएको एउटा बालक विस्तारै हुर्किदै जाने क्रममा निकै तिक्ष्ण बुद्धि भएको बालकको रुपमा देखाप¥यो ।
एउटा गाउँले सामान्य किसान परिवारमा जन्मेको बालक ६ वर्षकै उमेरमा बाबु गुमाएर टुहुरो मात्र भएन बाल्यकालमा निकै कष्टकर जीवनयापनको सामना समेत गर्नपुग्यो । एकातिर बाबुको माया नपाएपनि एउटा आँट, साहस र निडरताकी प्रतिमूर्तिको रुपमा रहेकी आमाले छोरालाई शिक्षाको उज्यालोबाट बञ्चित गर्ने तर्फ सोच्नै सकिनन् ।
फलस्वरुप त्यही बालक पढाइका विभिन्न चरणहरु पार गर्दै शैक्षिक क्षेत्रमै आफ्नो लामो समयलाई व्यतित गर्नपुग्यो । जसको नाम हो डा. खगेन्द्र शाही ।
उनै डा. खगेन्द्र शाहीले देशको राजनीतिक वातावरणलाई स्वच्छ रुपमा निर्माण गर्न सकेमात्र समृद्धिको ढोका खोल्न सकिन्छ भन्ने ठानेर औपचारिक रुपमै राजनीतिक यात्रा सुरु गरे । जो अहिले नेपाली काँग्रेसको भगवतीमाई गाउँपालिका पार्टी सभापतिको रुपमा आफ्नो कार्यभार सम्हालिरहेका छन् ।
पार्टीको राजनीति गर्नु र जनताको राजनीति गर्नुमा अन्तर हुने डा.शाहीले छोटो समयमै बटुलेको अनुभवका कारण यही मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यका लागि दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारको रुपमा उनलाई पार्टीले समेत सिफारिस गरेको छ ।
सानैदेखि निडर, हक्की स्वभाव भएका डा. शाही अन्यायका विरुद्ध खरो प्रतिकारमा उत्रिने गर्दछन् भने उनी सामाजिक तथा राजनैतिक अन्याय र अत्याचार सहनु हुँदैन भन्छन् । सशस्त्र जनयुद्धको समयमा तत्कालिन विद्रोही पक्षबाट भौतिक कारवाहीमा परेर विस्थापित समेत हुन पुगेका डा. शाही लामो समयसम्म सुर्खेत तथा काठमाडौंमा शरणार्थीको झै जीवन गुजारा गर्न बाध्य भएका थिए ।
प्रदेश सभा सदस्यका लागि तपाईंको उम्मेदवारी किन ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, जहाँ म जन्मे त्यो आफैमा भौगोलिक रुपमा मात्र होइन आर्थिक, सामाजिक र शैक्षिक रुपमा समेत विकट मानिएको मेरो क्षेत्रलाई मैले आर्जन गरेको शिक्षा र बटुलेका अनुभवहरुलाई सरलता पूर्वक प्रयोग गर्न आवश्यकता रहेको महसुस गरेर म राजनीतिमा आएको हुँ ।
डा. शाही दैलेखलाई समृद्ध बनाउने कार्यका लागि राजनीतिमा आएको बताउँछन् । राजनीतिक चेतनाको दृष्टिले समेत कमजोर नै छ । त्यो हुनुमा गाउँका बाठाटाँठाहरुले नै जहिले पनि राजनीतिलाई आफ्नो वरीपरी घुमाउने र राजनीतिक तथा व्यक्तिगत रुपमा स्वार्थ लिने जुन परिपाटी नै बसेका छन् त्यस्ता कुकृत्यहरुको चिरफार गर्नका लागि म आफै जनप्रतिनिधिको रुपमा आउन आवश्यक देखे । युवाका नाममा हुने कार्यक्रमहरु हुन् कि ज्येष्ठ नागरिकका नाममा हुने कार्यक्रमहरु हुन् जसको शक्ति उसको भक्ति गर्ने र आवश्यकताका आधारमा भन्दापनि राजनीतिक रंगका आधारमा बाँडफाँड गर्नेहरुका विरुद्धमा मेरो उम्मेदवारी हो ।
भौगोलिक कठिनाई देखेर सदरमुकाम केन्द्रित कार्य मात्र गर्नेहरुले भगवतीमाईको लागि के गर्न सके र सकेनन् भन्दा पनि अब भगवतीमाईबाटै प्रतिनिधित्व गरेर अगाडि बढ्न आवश्यक भएको मैले महसुस गरेको छु । यति भन्दै गर्दा यसभन्दा अगाडिको निर्वाचनको अवस्थाका बारेमा तपाईले मलाई प्रश्न गर्न सक्नुहुन्छ । तर त्यसरी राजनीतिक विभेद र स्वार्थका लागि मैले राजनीति गरेको होइन भन्ने कुरा आम दाजुभाइ दिदीबहिनीहरुले बुभ्mन जरुरी छ उनले भने ।
पार्टीबाट टिकट पाउनु भएन भने फेरी पाँच वर्ष पर्खिनुको विकल्प नै छैन नि ? भन्ने प्रश्नमा उनी भन्छन्, हो पार्टीले अहिले मलाई पार्टीकै काम गर भनेर अह्राएमा म पार्टीकै काम गर्न तयार छु । तर टिकट नपाएपनि पार्टीको तर्फबाट मन, वचन र कर्मले म अहोरात्र खटेर पार्टीलाई जिताउनका लागि लाग्छु ।
प्रजातन्त्रको सुन्दर पक्ष भनेको टिकट पाउनका लागि व्यक्ति भएर अगाडि बढेपनि टिकट हातमा परिसकेपछि व्यक्ति नभई पार्टीले जित्ने भएकाले पूर्ण रुपमा सहयोग गरेर पार्टीलाई जिताउन लागिपर्छौ । पार्टी भित्र पनि केही कमजोरी हुनसक्छन् त्यसलाई न्यूनिकरण गर्दै पार्टीको नीति, विधि र सिद्धान्तका आधारमा अगाडि बढ्ने कुरामा शंका नगर्न डा. शाहीले अनुरोध गरे ।
तपाईंभन्दा अग्रज नेताहरु पनि छन् नि ? तपाईंले जनप्रतिनिधिको रुपमा आउन खोज्नु छिटो भएन र ? भन्ने हाम्रो प्रश्नमा डा. शाही भन्छन्, तपाईको यो प्रश्नले मलाई निकै प्रभावित बनायो । हामी आफूभन्दा ठूलालाई सम्मान र सानालाई माया गर्ने परिपाटीबाट विकसित भएका हौ ।
म भन्दा अगाडि अग्रज नेताहरु हुनुहुन्न भन्ने होइन । एक दशक भन्दा बढि पार्टीको जिल्लाको सभापति भएर पार्टी चलाउनु भएका अनुभवले निकै पाका आदरणीय नेता कृष्णकुमार बिसी, जोस र जाँगरका साथ लागिरहनु भएका आदरणीय नेता पूर्ण चालिसे दाइ, अनि राजनीतिक रुपमा खारिएका आदरणीय नरसिंह मल्ल हुनुहुन्छ । उहाँहरुले पार्टीका लागि जनताका लागि जे जति गर्नुभएको छ त्यो हाम्रो लागि सिकाइ पनि हो ।
उहाँहरुलाई अभिभावकको रुपमा राखेर अबका दिनमा नयाँ अठोट र संकल्पका साथ पार्टी र जनता दुबैलाई समृद्धितर्फ डो¥याउने लक्ष्य र उद्देश्यका साथ म उम्मेदवारको रुपमा खडा भएको छु । उहाँहरु सबैको साथ र सहयोग निकै आवश्यक छ भने उहाँहरुले माया गरेर मलाई नै उम्मेदवारको रुपमा खडा गर्नु हुने कुरामा म विश्वस्त छु । किनकी उहाँहरुले मलाई चिन्नु भएको छ । मेरो क्षमता, दक्षता र मेरो शैक्षिकता अनि अनुभवबाट मैले काम गर्नुसक्छु भन्ने उहाँहरुले बुझ्नु भएको छ त्यसैले पनि सबैको साथ, सहयोग र समर्थनमा सफलताको विन्दुमा पुग्न र पु¥याउनु म नेपाली काँग्रेसको सिपाहीको रुपमा निर्वाचनको मैदानमा छु डा. शाहीले भने ।
खुल्ला प्रेस । २४ भाद्र २०७९, शुक्रबार २०:१०