दैलेखः जिल्लामा स्थानीय तहको निर्वाचनपश्चात २ हजार ५ सय ८८ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लाभर एक लाख ५८ हजार ४८९ मतदाता संख्या रहेको थियो ।
असार १ गतेदेखि साउन १९ गतेसम्म महिला एक हजार १ सय १२ र पुरुष एक हजार ३ सय ७६ मतदाता संख्या थपिएका हुन् ।
दैलेख जिल्ला भित्र रहेका केही मतदान स्थलहरुको संशोधन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार ४ वटा मतदानस्थल साविकको स्थानबाट सारिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गत साउन १२ गते मतदानस्थल संशोधन गर्न सिफारिस गरेको थियो ।
जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाका अनुसार नारायण नगरपालिका वडा नं. ९ को देउतीस्थान साँडुलाई ९ नंं वडा कार्यालय भवन सारिएको छ । गुराँस गाउँपालिका वडा नं. १ मा रहेको महिला सामुदाियक भवनलाई १ नं. वडा कार्यालय भवनमा मतदान स्थल सारिएको छ ।
त्यस्तै दुल्लू नगरपालिका वडा नं. ८ मा रहेको पौवालाई हनुमान आधारभुरत विद्यालय पौवा र भैरबी गाउँपालिका वडा नं. ४ मा रहेको वडा कार्यालय भवनलाई गौरी मावि बालेकाँडा मतदानस्थल सारिएको निर्वाचन अधिकृत काउचाले जानकारी दिईन्।
जिल्लामा ३ वटा नयाँ मतदान स्थल थप गरिएको छ । आठबीस नगरपालिका वडा नंं ३ मा नेरामावि कुमालखाडा जाक्सी, नारायण नगरपालिका वडा नं. ८ मा दिपशिशु आवि सिमडा र चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. १ मा पंचकोशी आवि पाल्त नयाँ मतदानस्थल थप गरिएको छ ।
जिल्लाका ५८ वटा मतदानस्थलतको सामान्य त्रुटी सच्चाइएको छ । सामान्यतया मतदानस्थलको नाम फरक परेका स्थलहरुको त्रुटी सच्याइएको निर्वाचन अधिकृत काउँचाको भनाई छ ।




खुल्ला प्रेस । २० श्रावण २०७९, शुक्रबार १४:३८