दैलेख: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखले सोमबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष यामराज विष्टको अध्यक्षतामा भएको ८ औँ साधारण सभा तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि नारायण नगरपालिकाका कार्यबहाक अध्यक्ष तप्ता थापा थिइन् ।
अध्यक्ष थापाले प्रतिष्ठानले गर्ने हरेक कार्यक्रममा नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । उक्त कार्यक्रममा उद्योग वाणिज्य सङ्घ दैलेखका महासचिव प्रकाश पौडेल, लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका संस्थापन अध्यक्ष लोकेन्द्र कुमार जी.सी.,पत्रकार अमर सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष यामराज विष्टले लोक तथा दोहोरी गीत प्रतिष्ठानले दैलेखमा धेरै राम्रा काम गर्ने लागेकोले सबैले साथ र सहयोग दिनुपर्ने बताए । उनले ‘भने हामी काम गर्छाै तपाईँहरूले साथ दिनुपर्छ’ । उनले कार्यक्रममा उपस्थित सम्पुर्णलार्ई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा दैलेखका १ जना स्रष्टा र कार्यक्रममा सहयोग गर्ने १ जनालाई सम्मान गरिएको छ ।



खुल्ला प्रेस । १८ भाद्र २०८०, सोमबार २१:२९