स्थानीय चुनाव सार्ने षड्यन्त्र असफल भयो : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएको उनले बताए ।

एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत आजदेखि बुटवलमा सुरु दुईदिने प्रदेशस्तरीय प्रशिक्षणमा पोखरेलले एमसीसी परियोजनामा सरकारमा सहभागी दलहरूबीच नै दोहोरो भूमिका देखिएको बताए । पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको उनको भनाइ छ ।

सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने भन्दै पोखरेलले प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्न नहुने बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५