नयाँ शैक्षिक सत्र जेठ १ देखि

काठमाडौं : सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

वैशाखभरि परीक्षा गराउने र भर्ना गरी जेठ १ गतेदेखि पठनपाठन थाल्ने मन्त्रालयले निर्णय गरेकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

उनका अनुसार चैतसम्म बाँकी रहेको कोर्स पढाउने र परीक्षा वैशाखमा लिई वैशाख महिनामै नतिजा प्रकाशन गर्नुपर्ने छ। ‘नतिजा प्रकाशनसँगै नयाँ भर्ना भने वैशाखमै गर्नुपर्ने छ,पठनपाठन भने जेठ १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएको छ’, उनले भने।

सरकारले यसअघि वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने योजना बनाएको थियो तर सरोकारवालाहरूले कोभिड-१९ का कारण समयमा कोर्स नसकिने भएकाले जेठबाट नयाँ शैक्षिक सत्र थाल्न सरकारलाई सुझाव दिँदै आएका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५