यस्तो लाग्छ माया प्रेममा सफल भएर हिडु
तिम्ले कुर्ता लगाउदा गलाको सल भएर हिडु
जहिले देखि बिस्कुन देखे तिम्रो आगनमा
मलाई कहिल्यै पनि लागेन बादल भएर हिडु
यी नजर लाउने दुनियाँको चालामाला देखेर
हुन्छ घरिघरि त्यो आँखाको गजल भएर हिडु
भर्खर प्रेमीकाले यस्तो भनेर गएकि छे
एक लामो सफरमा तिमीसँगै अलमल भएर हिडु
एका देशको मान्छे खेमराज
अछाम

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १५ माघ २०७८, शनिबार ०७:३३