ऊ भित्र थियो
तिमी उसलाई बाहिरवाट ढुङ्गाले हान्थ्यौ
अनि सडकमा आगो बालेर ताप्थ्यौ
अहिले ठिक उल्टो भएको छ
तिमी भित्र छौ
ऊ बाहिरबाट तिमीलाई ढुङ्गा बर्साइरहेछ ।
उसले तिमीलाई भित्र हेर्न दिएन
तिम्रो मुटु छामेन र
तिमीलाई मान्छे भनेन
तिमीले पनि आफ्नो पालोमा त्यस्तै ग¥यौ
पालैपालो तिमीहरु अघायौ र डका¥यौ ।
भित्र जानका लागि
तिमीले कैयाँै सहिद जन्मायौ
उसले पनि तिम्रा भन्दा कम सहिद बनाएन
हामीले तिम्रा पाइलामा पनि हिड्यौँ
उसका विचारमा पनि ताली बजायाँै ।
उसले तिमीलाई चिनेन र
तिमीले उसलाई चिनेनौ ।
तिमी र ऊ हाम्रा न आफन्त न पराई
न टाढा न त नजिक
तर तिमी र ऊ विचको खालीठाउँमा
हामी थियाँै ।
साँढेहरुको घम्साघम्सीमा
विचरा पाठाहरु जस्ता हामी
तिमी र उसले प्रयोग गर्ने हतियार भयौँ
ढुङ्गा र आगो भयाँै
हाम्रो आफ्नै हात थिएन
हाम्रो आफ्नै बोली थिएन
तिमी र उसको भित्र
बाहिरको खेलमा
हामीहरु सिट्टी
बजाउने रेफ्रि भयौँ
र भइरहेका छौँ अहिलेसम्म ।
लेखक : चन्द्र रावत गुराँस
दुल्लू न. पा.–७,दैलेख




खुल्ला प्रेस । १५ मंसिर २०७८, बुधबार २१:१२