रिलायान्स द्वारा मृत्यु दाबि भुक्तानी

दैलेख : रिलायान्स लाईफ इन्सोरेन्स शाखा दैलेखले मृत्यु दाबि भुक्तानी गरेको छ । करिब ५ बर्षको अन्तरालमा आफ्नो अस्तित्व बनाउन सफल रिल्याईन्स लाईफ ईन्सोरेन्स शाखा कार्यलय दैलेखले शविबार एक कार्यक्रमका बिच मृत्यु दाबी भुक्तानी गरेको हो ।
क्यान्सर रोगको कारणले उपचारको क्रममा मृत्यु भएकी नारायण नगरपालिका वडा नं, ६ कि पवित्रा सुनारका श्रीमानलाई स्वास्थ्य बिमा अन्तर्गत १ लाख ९१ हजार ७ सय ४७ रुपैया दिइएको छ । मृत्यु बिमा अन्तर्गत २ लाख ७ हजार पाएका छन् भने कालगतिका कारण मृत्यु भएका भगवतीमाई गाँउपालिका वडा नं १, का बालकृष्ण नेपालीकी श्रीमतिले २ लाख १५ हजार रुपैया पाएकी छन ।
बिमा अरुको लागि नभयर आफ्नो लागि सम्झिन , आफ्ना सन्तानको भबिष्य उज्वल बनाउन , यदि कुनै कारण दुर्घटना परे वा मृत्यु सम्म भएमा घर परिवारका लागि पनि सहयोग हुने भएकाले बिमा गर्नुपर्ने रिल्याईन्स फाईफ ईन्सोरेन्स दैलेख शाखाका म्यानेजर कृष्ण बिकले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५