प्रकाश र मिरुनाको ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक

गायिका मेलिना राइको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोमा प्रकाश सपुत, मिरुना मगरको मुख्य भूमिका छ । देवन्द्र बब्लुको निर्देशनमा तयार भएको यो भिडियोमा सार्जन थापा मगरको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

नायिका मिरुना मगर लामो समयपछि पर्दामा देखिएकी हुन् । उनी, चाडै नै चलचित्र ‘कबड्डी ४’मा पनि काम गर्ने तयारीमा छिन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५