४२९ मत सहित घनश्याम भण्डारी महाधिवेशन प्रतिनिधि विजयी

 दैलेखः दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फको मतगणना सकिएको छ । जसमध्ये घनश्याम भण्डारीले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले ४२९ मत प्राप्त गरेका हुन् ।

दुल्लू नगरपालिकाको नगरप्रमुख समेत रहेका भण्डारी संस्थापन (देउवा) समुहका हुन् । उनीसँगै विजय भएका निकटतम् मधुर विक्रम खनालले ३९९ मत प्राप्त गरेका छन् ।

भण्डारी र खनालसहित डा. धनेश्वर नेपालले ३८२, भुपेन्द्र बहादुर शाही (क)ले ३८१, ईश्वर बहादुर विष्टले ३७०, एकेन्द्र बहादुर पन्तले ३७७, शिवराज जोशीले ३७५, किरण कुमार भण्डारीले ३६२, धिरेन्द्र सापकोटाले ३५७, दिक्पाल कुमार शाहीले ३५५ मत प्राप्त गरी विजय भएका छन् ।

यस्तै, महाधिवेशन प्रतिनिधि तर्फ सीता कुमारी रानाले ४०३, रीता कुमारी शाहीले ३८२, दीपा बोहोराले ३६१, इन्द्रा कुमारी शाहीले ३५२, प्रेम प्रकाश शाहीले ४००, दिनेश कुमार हमालले ३७५, राजेश कुमार शाहीले ३६६ र नारायण प्रसाद रेग्मीले ३२६ मत प्राप्त गरी विजय भएका हुन् ।

साथै, महाधिवेशन प्रतिनिधिमा अरुणा विसी महतले ४५०, भिम कुमारी भण्डारीले ३२८, मनसरा कुमारी शर्माले ३१४, सुर्य बहादुर विकले ३८१, दिपक बहादुर विकले ३६७, खड्गे नेपालीले ३६२, सीता विकले ३६६ र चेत बहादुर थापाले ३७४ मत प्राप्त गरी विजय भएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५