काठमाडौं । २०२३ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुल्ला भएको छ। बुधबार राति९ : ४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ। त्यस्तै,वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ। दूतावासको वेवसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५


खुल्ला प्रेस । २१ आश्विन २०७८, बिहीबार ०७:३२