डेकेन्द्र स्मृति भवनका लागि ५० हजार दिने घोषण

दैलेखः नेपाल पत्रकार महासंघ दैलेखले बनाउने डेकेन्द्र स्मृति भवनका लागि ५० हजार दिने घोषण भएको छ । नेपाल पत्रकार महासंघ दैलेखले आज सदरमुकाममा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

नव निर्वाचित कार्यसमितिले दैलेखमा पत्रकार डेकन्द्र राज थापाको सम्झनामा पत्रकार महासंघको डेकेन्द्र स्मृति भवन बनाउने पहिलो निणर्य गरेको थियो, पहिलो बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न नयाँ कार्यसमिति लागि परेको अवस्था छ । मंगलबार सुझाव संकलन कार्यक्रममा पत्रकार महासंघका सचिब समेत रहेका भिम बहादुर सिजापतीले भवनका लागि ५० हजार दिने घोषण गरेका छन् ।

महासंघका अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले पत्रकार महासंघले राम्रो कामको सुरुवात गरेको बताए । उनले पत्रकार महासंघले गर्ने हरेक काममा आफ्नो सहयोग रहने बताउँदै पत्रकारहरुले व्यवसायीक रुपमा पत्रकारिता गर्न सुझाव दिए । नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषक अनुरागले पत्रकारलाइ अहिलेका सरकार तथा राज्यका अङ्गहरुले व्यवास्था गर्दै गएको गुनासो गरे । सरकारका हरेक निकायलाई पत्रकारको आवश्कता नपर्ने हो ? उनले प्रश्न गरे । पत्रकारलाई व्यवास्था गरे प्रेस युनियन डटेर लाग्ने सुझाव दिए ।

नयाँ कार्यसमिति निर्वाचित भएपछीको पहिलो सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले नगरपालिकाले हरेक बर्ष महासंघका लागि रकम छुट्याउने गरेको भएपनि जग्गा प्राप्ति हुन नसक्दा रकम फ्रिज भएको गुनासो गरे,  महासंघले जग्गा प्राप्ति गरेमा नगरपालिकाको सहयोग रहिरहने बताए ।

करिब ३० बर्ष देखि पत्रकारिता गर्दै आएका कार्यक्रमका अध्यक्ष अमरबहादुर सुनारले आफ्नो कार्यकालमा धेरै काम गर्नुपर्ने चुनौति रहेपनि सबैको सल्लाह सुझाव र डेकेन्द्रसंगै पत्रकारिता गरेका कारण महाँसंघले पहिलो निर्णय भवन बनाउने गरेको बताए ।कार्यक्रममा सहभागिहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापनमा डेकेन्द्र स्मृति भवनका लागि सबैले सहयोग गर्नुपर्ने आशय ब्यक्त गरे । कार्यक्रममा अन्य सहभागिहरुले महासंघका निर्वाचित पदाधिकारीहरुलाई सुभकामना दिदै पत्रकारहरुले निष्पक्ष रुपमा कलम चलाउनुपर्ने सुझाव दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५