दैलेख: पञ्चकोशी धार्मिक पर्यटन मेलाको आय व्यय सार्वजनिक गरिएको छ । गएको वैशाख १३ गतेदेखि १९ गतेसम्म चलेको पञ्चकोशी धार्मिक पर्यटन मेलाको आय व्यय सार्वजनिक गरिएको हो ।
शनिवार नाविस्थानमा गरिएको पत्रकार सम्मेलन मार्फत धार्मिक मेलाको आय व्यय प्रस्तुत गरिएको विवरणमा स्वैच्छिक रूपमा १५ लाख ८५ हजार ६६३ रुपैयाँ जम्मा भएको जानकारी दिइएको छ । पञ्चकोशी क्षेत्र विकास संस्थाले लगाएको मेलाको विवरण मेला लागेको स्थानमै सार्वजनिक गरिएको छ ।
मेलामा ३६६ जना दाताहरूले बैङ्क मार्फत ७ लाख ७८ हजार ३१ रुपैयाँ र मेला स्थानमै नगद प्राप्त भएको ८ लाख ७ हजार ६३२ समेत गरी कुल १५ लाख ८५ हजार ६६३ रुपैयाँ सङ्कलन भएको संस्थाका कोषाध्यक्ष गगनबहादुर खड्काले जानकारी गराए। उनले २० जना कबोल गरेको १ लाख ५८ हजार ९५८ प्राप्त हुन बाँकी रहेको बताएका छन् ।
हाल सम्म उठेको रकम बिनिभन्न शीर्षकमा खर्च भएको छ हाल सम्म संस्थाको १५ लाख ७३ हजार ४ सय ९२ खर्च भएको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पञ्चकोशी क्षेत्र विकास संस्थाका अध्यक्ष नवीनकुमार योगीले मेलाको समग्र व्यवस्थापन सन्तोषजनक रूपमा सम्पन्न भएको बताए । उनले सबै पक्षको सहयोगप्रति आभार व्यक्त गरे उनले यातायात तथा बाटोको असहजताले पत्रकारहरू कम सहभागी भएका र अपेक्षा गरे जस्तो मेला अवधिको प्रचारप्रसार कम भएको दुखेसो पोख्नुभयो । मेलाको व्यवस्थापन गर्न केही कठिनाइ भए पनि सबै राम्रो भएको दुल्लु १० का वडा अध्यक्ष दीपेन्द्र पुरीको भनाइ थियो ।



खुल्ला प्रेस । २ जेष्ठ २०८३, शनिबार २२:१७