नेपाल महिला संघको स्थापना दिवसमा दिपप्रज्वलन

दैलेख : दैलेखमा नेपाल महिला संघको स्थापना दिवसको अवसरमा दिपप्रज्वलन गरिएको छ । नेपाल महिला संघको ७५ औँ  स्थापना दिवसको अबसरमा दिपप्रज्वलन गरिएको छ । नेपाल महिला संघ दैलेखको अगुवाईमा दिपप्रज्वलन गरिएको हो । दैलेख जिल्ला सदरमुकामस्थित देवकोटा चोकमा दिपप्रज्वलन गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी राना, काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी पार्टीका नेता तथा कार्यकर्ता र नेपाल महिला संघका नेताहरु सहभागि थिए । दिपप्रज्वलन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी रानाले उद्घाटन गरेकी थिइन् ।

त्यसअघि केन्द्रीय सदस्य रानाले नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा शुभकामना संदेश सार्वजनिक गर्दै महिला संघको संस्थापक अध्यक्ष मंगलादेवी सिंह लगायत स्थापनाकालीन स्मरणीय महिला नेतृहरुप्रति सम्झना गर्दै नेपालमा राणा शासनको क्रुरता र पंचायतकालीन निरंकुशताका जंजीर तोडेर प्रजातन्त्र स्थापना र पुर्नस्थापना लागि उहाँहरुको अतुलनीय योगदान रहेको बताइन् । उनले वर्तमान नेपाल महिला संघका सम्पूर्ण नेता एवम् महिला संघ परिवारलाई स्थापना दिवसको शुभकामना समेत दिएकी छन् ।

दिपप्रज्वलन कार्यक्रममा नेपाल महिला संघ दैलेखका कार्यवहाक अध्यक्ष दुर्गा कुमारी श्रेष्ठले नेपाल महिला संघको स्थापना दिवसको बारेमा बोलेकी थिइन् । उनले २००४ श्रावण २४ गते मंगलादेवी सिंहको संघर्षको जगबाट नेपाल महिला संघको स्थापना महिला मुक्ति, जागरण, समान अधिकार र प्रजातन्त्र प्राप्तिका लागी भएको बताइन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५