बालविवाह विरुद्ध साझा अभियान सञ्जाल दैलेखको अध्यक्षमा: गिरी

दैलेखः बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल दैलेखको अध्यक्षमा लोकेश गिरी चयन भएका छन् ।शनिवार दैलेख बजारमा भएको बाल विवाह विरुद्ध साझा अभियान सञ्जालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लोकेश गिरीको अध्यक्षतामा ११ सदस्य कार्यसमिति सर्वसहमतीमा चयन गरिएको छ ।

बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल दैलेखका सह-संयोजक राधा मल्लको अध्यक्षतामा भएको र सञ्जालका प्रदेश महासचिव वसन्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारण सभा तथा अधिवेशनबाट सञ्जाल दैलेखको कार्यसमिति चयन गरिएको बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल दैलेख सह-संयोजक राधा मल्लले जानकारी दिइन् ।

सञ्जाल दैलेखको अध्यक्षमा लोकेश गिरी, उपाध्यक्षमा सिता कुमारी खडका, सचिवमा जीवराज रेग्मी, कोषाध्यक्षमा,प्रभा वि.क. सदस्यहरूमा सविना कुमारी विक, रमा श्रेष्ठ,मनोज थापा, पदमा योगी, नारायण रिजाल, महारुप खत्री र गिता रम्तेल छन् ।

कार्यक्रम बाल विवाह विरुद्ध साझा अभियानका संयोजक चेतन गिरी,नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमर सुनार तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । यस संस्थामा दैलेखमा क्रियाशील सबै सङ्घ संस्थाहरु आबद्ध रहेको नयाँ कार्यसमितिका अध्यक्ष लाेकेश गिरीले जानकारी दिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५