प्रेस चौतारी दैलेखको सर्वसम्मत नेतृत्व चयन

दैलेख: प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको नेतृत्व सर्वसम्मत चयन भएको छ । सोमबार सम्पन्न शाखाको ७ औँ जिल्ला अधिवेशन मार्फत उदयराज अधिकारीको अध्यक्षतामा नौ सदसिय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

जिल्ला कमिटीको खुल्ला उपाध्यक्षमा पृथ वयलकोटी, महिला उपाध्यक्षमा पानसरा सिंह, सचिवमा यामराज विष्ट, कोषाध्यक्षमा रमेश भट्टराई, सहसचिव खुल्ला खगेन्द्र खड्का, समावेशी हिमेन्द्र विश्वकर्मा चयन भएका छन् ।

नयाँ जिल्ला कमिटीलाई बधाई तथा शुभकामना दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले जिम्मेवार पत्रकारितामा सबै अग्रसर हुनुपर्ने बताए । निर्वाचित कमिटीले सङ्गठनको नीतिको पालना गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य यज्ञराज थापा र प्रेस चौतारी दैलेखका पूर्व अध्यक्ष पुष्कर थापाले नयाँ कार्य समितिलाई बधाई दिँदै सबै सँगको सहकार्यमा जिल्लामा सङ्गठनलाई मजबुत बनाउँदै जानुपर्ने धारण राखेका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५