दैलेख: नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाले ननिदाएसम्म सपना नदेखिने बताएकी छन् । मध्यपश्चिम विश्वविद्यालयको १४ आँै स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै ननिदाएसम्म सपना नदेखिने बताएकी हुन् ।
प्रमुख अतिथिका रूपमा बोल्दै उपप्रमुख थापाले ननिदाएसम्म सपना देखिँदैन हामीले सपना देख्ने गरौँ, हरेक व्यक्तिले सिप सिक्न जरुरी छ, सिप भए अवसर जति पनि पाइन्छ, क्याम्पसको लागि केही गर्ने नगरको भावना हुदाँहुदै पनि सीमित साधन स्रोतका कारण केही गर्ने सकिएको छैन । जति छ त्यहीलाई सदुपयोग गरौँ, मन्दिरले नराम्रो भक्तजनलाई पनि राम्रो बनाउनुपर्छ,उसले के ग¥यो भन्दा पनि हामीले गयौँ भन्ने कुरा मुख्य हुने उनले बताइन् ।
सोमबार क्याम्पस प्रमुख नर बहादुर शाहीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर खाणले शिक्षा व्यवहारिक हुनुपर्ने धारण राखे, उनले भने– शिक्षा व्यवहारिक हुनुपर्छ, शिक्षामा गुणस्तर ल्याउनु पर्छ, आफ्नो पहिचान बचाउनुपर्छ । दैलेखको शैक्षिक स्थिति कमजोर छैन,दैलेखमा सकारात्मक कामका लागि सबै राजनीति दलहरू पनि एक हुने गरेको इतिहास छ । सबैले आफ्नो क्षेत्रबाट गुणस्तिरिय शिक्षाको लागि पहल गर्नुपर्ने बेला आएको धारण राखे ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब निरीक्षक(डिएसपी) सुनिल दाहालले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने कुराको पहिचान गरी त्यस तर्फ क्याम्पसले कदम चाल्नु पर्ने सुझाव दिए । विद्यार्थीहरूले पनि शैक्षिक सुधारका लागि भएका खाडलहरू पुर्नुपर्ने उनको सुझाव छ । अबको अहिलेका विद्यार्थीहरूमा नैतिकता हराउँदै गएको छ । अधिकारका कुरा गर्रैगर्दा आफ्नो नैतिकता बिर्सेर जाने परिपाटी मौलाएकोले विद्यार्थी अनुशासित हुन्छन् भन्ने कुराको सन्देश दिनुपर्ने उनले बताएका छन् उनले भने अनुसार समाजमा विद्यमान मौलाएको लागु औषध बारेमा विश्वविद्यालयले सोचेको छ कि छैन? भन्ने प्रश्न गरे हामी शिक्षित हौ साक्षर नभए पनि हुन्छ । उनले भने ।
नारायण क्याम्पस हकहित समिति संयोजक जङ्ग बोगटीले शिक्षा प्रणाली सुधार गर्नुपर्ने सुझाव दिए दैलेखको पहिचान खस भाषालाई पनि संरक्षण गर्ने लानुपर्ने छ, क्याम्पसका विद्यार्थीका बोरेमा नगरपालिकाले कस्तो योजना बनाएको छ, अबको शिक्षा गरिखाने शिक्षा हुनुपर्ने उनको सुझाव छ । नारायण क्याम्पसको हलमा भएको कार्यक्रममा विभिन्न सङ्गठन प्रतिनिधि, विद्यार्थीहरूले आफ्नो धारण राखेका थिए । भने कार्यक्रमको सञ्चालन नारायण क्याम्पसका प्राध्यापक कृष्ण देवकोटाले गरेको नारायण क्याम्पसले जनाकारी दिएको छ ।
खुल्ला प्रेस । ४ असार २०८१, सोमबार १२:३५