एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

दैलेख: एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी गरिएको छ । एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड दैलेख शाखाले सोमबार मृत्यु दाबी भुक्तानी गरेको हो ।

कामको सिलसिलामा भारत गएका दुल्लु नगरपालिका वडा नंं ९ का स्वर्गीय भीमबहादुर दमाईको भारतको मुम्बईमा २०८० असार १० गते मृत्यु भएको थियो । मृतक भीमबहादुरले एशियन लाइफमा २ लाखको सार्बधिक जीवन बिमा गरेका थिए ।

उक्त मृतक भीमबहादुरको श्रीमती मातु दमाईलाई मृत्यु दाबी बापतको रु.२ लाख १९ हजार ३ सय ९७ रुपैयाँको चेक हस्तान्तरण गरिएको एशियन दैलेखका शाखा प्रबन्धक डम्मर प्रसाद ढकालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार सोमबार दमाईका घरमै पुगेर एशियन लाइफ इन्सोरेन्स दैलेख शाखाका प्रबन्धक, एजेन्सी मेनेजर धन बहादुर बोहोरा, दुल्लु नगरपालिका वडा नंं. ९ का वडा अध्यक्ष तिलक प्रसाद उपाध्याय सहितको उपस्थितिमा चेक हस्तान्तरण गरिएको छ ।

मृत्यु दाबी भुक्तानी कार्यक्रममा उपस्थित  महानुभावहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा संवेदना व्यक्त समेत गरेका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५