रगत अभावमा संधै सेना प्रहरीकै भर

दैलेखः दैलेखमा रगत अभावमा संधै सेना प्रहरीकै भर पर्नुपर्ने अवस्था छ । जिल्लामा ब्लड बैंक नहुँदा संधै सेना प्रहरीकै भर पर्नु पर्ने भएको हो ।
शुक्रबार क्यान्सरले थलिएका नारायण नगरपालिका २ का प्रेम थापालाई नेपाली सेनाले रक्तदान गरेको छ । कलिलै उमेरमा क्यान्सरको सिकार बनेका थापाको शरीरमा रगतको मात्रा घटेसङै रक्त अभाव भई रगत सङ्कलन गर्ने क्रममा ईन्द्रदल गुल्म ब्यारेक दैलेखका सैनिक जवानहरूको टोलीले थापालाई रक्तदान गरेको हो । थापालाई रक्त अभाव भएको सूचना ब्यारेकमा आय सङ्गै गुल्म पति दिनेश लामाले रक्तसमुह मिल्ने सैनिक जवानहरूलाई पठाई रक्तदान गरेको थापाका दाइ लाल बहादुर थापाले बताएका छन् ।
करिब चार वर्ष जति वैदेशिक रोजगारको सिलसिलामा साउदी बसेर पुन दोस्रो पटक साउदी जाने क्रममा स्वास्थ्यमा केही समस्या देखिएका उनिमा चेकजाँच गर्दा क्यान्सर भएको प्रमाणित भयको थियो ।
रोग लागिसकेपछि साउदीमा उपचार पश्चात् नेपाल फर्केसँगै रोग पुन बल्झँदै लामो समयसम्म काठमाडौँमा उपचार पश्चात् दैलेख फर्किसकेपछि केही सुधार भयका थापालाई पुन समस्या देखिएसंगै दैलेख अस्पतालमा भर्ना गरियको हो । अस्पतालमा भर्ना गरिएका थापामा रगतको कमी देखिएपछि अस्पताल र आफन्तहरूले थापाको समुहसंग मिल्ने रगतको खोजी गरिरहेको बेला नेपाली सेनाले रक्तदान गरेको छ । सेनाले रगत दिएपछि आफू बाच्ने आस पलाएको थापाले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५