औषधि भनी विष खाएपछि…..

दैलेख: दैलेखको भगवतीमाई गाउँपालिका वडा नंं ४ पोखरामा एक परिवारका सदस्यले औषधी भनी विष खाएपछि एक जनाको मृत्यु भएको छ । घाइते २ जनालाई प्रदेश अस्पताल सुर्खेतमा उपचार भई रहेको छ ।

भगवतीमाई गाउँपालिका ४ पोखराका २५ वर्षीय नर्तम बि.क.को बुधवार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज किशोर लम्सालले जानकारी दिए ।

दुई दिन अघिदेखि ज्वरोले थला परेका उनीहरूले ज्वरो घटाउने भनी गए राति घरमै राखिएको ठुलो ओक्तो भन्ने गरिएको पहिचान नभएको विष खाएर नर्तमको ज्यान जानुका साथै अरू दुई जना ६१ वर्षका धने कामी र १२ वर्षीय बालक रमेश बि.क.को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको र उनीहरूको उपचार भई रहेको जानकारी आएको छ ।

विपन्न परिवारमा यस्तो दुखद घटना भएपछि बिरामी २ जनालाई उपचारको कमी हुन नदिनको लागि विभिन्न व्यक्तिहरूले सहयोग रकम उठाइरहेका छन् । दलित परिवारका घर नजिकै अन्य घर नहुँदा उनीहरू अस्पताल भन्दा पनि घरमा राखेको जडीबुटी खाएर सन्चो हुने अन्धविश्वासले झनै जटिल रूप लिएको स्थानीयले बताएका छन् ।

प्रदेश अस्पतालमा रहेका विरामीहरुको उपचारमा कमी हुन नदिनको लागि कोरियामा रहेका नेपालीहरूले सहयोग स्वरूप रकम उठाउने अभियान सञ्चालन गरेको भगवतीमाई गाउँपालिका ३ महेल्तोलीका (हाल कोरिया) रहेका महेश रेग्मीले बताए । उनले आफ्नो सक्दो सहयोग गर्ने सबैलाई अनुरोध समेत गरेका छन् । आफूहरूले उठाएको रकम एकमुष्ठ रूपमा पठाउने तयारी गरेको जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५