
दैलेखः देशभर एकैसाथ सञ्चालन गरेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ दैलेखमा घरदैलाे कार्यक्रममा पुगेर नागरिकहरुसँग दुःख देखि सुख साटदै नेताहरु बेस्त देखिएका छन । घरघरै पुगेर नागरिकका दुख–सुख बुझबिस्तार गर्ने, सरकारले लोककल्याणका लागि गरिरहेका रचनात्मक काम, सुशासन र जवाफेहिताको अभ्यास बारे सर्वसाधारणलाई जानकारी गराउने र नागरिकका गुनासोहरु सुन्नेसंगै वडास्तर बस्तीस्तरका छलफलबाट संगठन सुदृढीकरणका कामको प्रगति बारे मूल्यांकन गर्न पालिका स्तरका समीक्षा कार्यक्रम गरिएकाे पार्टीका केन्द्रीय सदस्य एवं दुल्लू इञ्चार्ज पार्वती बिकले बताइन् ।
अभियानको सुरु एक महिना दुल्लू नगरपालिकाका विभिन्न गाउँबस्ती भेटघाट, बैठक हरेक घर घरमा पुग्ने, नागरिकलाई भेट्ने र भेटेका नागरिकहरूको धारणा बुझ्दा युद्धकालमा माओवादी बिरुद्ध बिद्रोह गरेको दुल्लूमा पनि संगठन सुदृढ भएको उनले बताइन जनस्तरमा माओवादीप्रति भरोसा देखें, हामीले नियमित भेटघाट बढाउन नसकेका कारण आमनागरिकहरु संगठित हुन सकेको छैनन् दुल्लू इञ्चार्ज बिकले भनिन् ।
‘जनतासङ माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत ११ वटै पालिका स्तरीय समीक्षा बैठक सप्पन्न हुँदासम्म दैलेखमा ८ सय ४८ जना विभिन्न पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा महाबु इञ्चार्ज प्रेम कटुवालले बताए ।
नागरिकको घर घरमा पुग्ने, संगठन निर्माण गर्ने र प्राप्त उपलब्धीको रक्षा गर्ने र जनतालाई जानकारी गराउनुने उद्देश्यले अभियानमा दिनरात नभनी टोल स्तरमा भेला, टोल तथा सेल कमिटी निर्माण गरिएको जिल्ला इन्चार्ज गोपाल शर्माले जानकारी दिए । उनले दिएको जानकारी (माओवादी केन्द्र) जिल्ला कमिटी दैलेखले जिल्लाका सबै पालिका स्तरीय समीक्षा बैठक सप्पन्न गरेको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिकामा भदौ २३ गते थालिएको पालिका स्तरीय बैठक शनिवार आठबीस नगरपालिकामा सप्पन्न गरेको हो ।
तीन महिने अभियानको दैलेखको इञ्चार्ज तोकिएपछि कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री शर्माले यात्रा गर्दा सार्वजनिक यातायात चढेकाे, रात्रीकालिन भेलाको बेला मकै खाेल्स्याउन लागेको ठाउँमा परिवारका सदस्यहरुसंग मकैको कँदरी बनाउने जस्तै घरायसी काममा मद्दत गर्ने, दिउँसोमा नागरिकहरुसंगै तरकारी र कतै धान गोडेका फोटोहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।
प्रदेश सरकारका मन्त्री भइसकेका व्यक्ति जिल्ला इञ्चार्ज शर्माको कामप्रतिको जवाफदेहिता, पार्टी कार्यालयमा बस्ने भन्दा आमसर्वसाधरणसंग भेटघाट गर्ने रुची, सरल बोलीचाली, नागरिकहरुसंगको घुलमिल गर्ने प्रेरक शैलीले जिल्लाभर सबैलाई पार्टी आममा परिचालित गर्न गराउन सहज भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक गोपाल रिजालले जानकारी दिए ।

यस्तै नेकपा माओबादी निकट विभिन्न भातृसंगठनहरुले पनि अभियानका क्रममा आफ्ना कार्यक्रमहरु गर्दै आएका छन् अखिल क्रान्तिकारीले पनि क्यामपसहरुमा विद्यार्थिसँग अखिल (क्रान्तिकारी) भष्ट्रचार बिरुद्ध विद्यार्थि जागरण तथा संगठन बिस्तार अभियान कार्यक्रम गर्दै ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’लाइ सहयाेग पुर्याएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज प्रकाश अधिकारीले जानकारी दिए ।




खुल्ला प्रेस । १७ आश्विन २०८०, बुधबार १०:०६