विद्यार्थीलाई निःशुल्क पोशाक र झोला वितरण

दैलेखः दैलेखकाे चामुण्डाविन्द्रासैनी नगरपािलकामा विद्यार्थीलाई निःशुल्क झाेला पाेशाक बितरण गरिएको छ ।

काठमाडौँ निवासी मुकेश खतिवडाले दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका– ७ को रामलक्ष्मण आधारभुत विद्यालय कोलटाकुरामा अध्ययनरत २ सय २५ विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरेका हुन् । सामाजिक कार्यमा सक्रिय खतिवडाले बुधबार एक कार्यक्रमका बीच पोशाक तथा झोला वितरण गरेकाे जानकारी विद्यालयले जानकारी दिएको छ ।

खतिवडा विगत १२ वर्ष देखि निरन्तर सामाजिक सेवामा तल्लिन छन्। खतिवडाले अघिल्लो पटक सोही नगरपालिकाको वडा नम्बर ८ स्थित मदनचौर आधरभुत विद्यालयम पोशाक तथा झोला वितरण गरेका उनले  यस बर्ष रामलक्ष्मण आधारभुत विद्यालयका बालबालिकालाई  पाेशाक र झाेला हस्तान्तर गरे ।

 उनले दुर्गम क्षेत्रका विद्यालयहरुमा वार्षिक २ हजार पाँच सय पोशाक र झोला वितरण गर्दै आएका छन्, पोशाक तथा झोला वितरणमा स्थानीय पृथ्वी विक्रम शाहीले समन्वय गरेका थिए ।

आफ्नाे विद्यालय छनाेट गरी यति धेरै विद्यार्थीलाई आवश्यक सामाग्री बितरण गरेकोमा खतिवडालाई प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती अध्यक्ष स्कुल परिवार तथा अभिभावकहरुले  धन्यवाद दिएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५