सुर्खेतमा सुस्वाको पुनर्पोषण कार्यशाला गोष्ठी

दैलेख: सुर्खेतमा सुस्वाले सिकाई आदानप्रदान तथा पुनर्पोषण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

सवैका लागी दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) कार्यान्वयनमा रहेका कर्णाली प्रदेशका २१ वटा पालिकाका वास इकाई संयोजकहरूको सिकाई आदानप्रदान तथा पुनर्पोषण कार्यशाला १ दिने गोष्ठी आइतबार सुर्खेतमा सम्पन्न गरेको हो ।

कर्णाली प्रदेशलाई केन्द्रित गरी नेपाल सरकार, फिनल्यान्ड सरकार र युरोपियन युनियन तथा स्थानीय सरकारको संयुक्त साझेदारीमा सञ्चालित आयोजनाले वार्षिक समीक्षा सम्पन्न गरेको छ । गत आ.ब. ०७९।८० देखि कार्यान्वयनमा रहेका माथिल्लो कर्णाली क्षेत्रका ८ वटा स्थानीय तहमा सञ्चालित आयोजनाको खानेपानी सेवा, संरचना भौतिक प्रगति, सरसफाइको अवस्था तथा आर्थिक प्रगतिको समीक्षा गरिएको सुस्वा प्रयोजनाले जानकारी दिएको छ ।

 प्रयोजनाले दिएको जानकारी अनुसार समीक्षा कार्यक्रममा सिकाइ आदानप्रदान साथै क्रियाकलापहरूको सञ्चालन प्रक्रियामा परेका समस्याहरूको लेखाजोखा र आ.ब. ०८०।८१ को वार्षिक कार्यक्रम कार्यान्वयन गर्न भावी रणनीति विषयमा छलफल भएको थियो । त्यस्तै आ.ब. २०८०।८१ देखि कार्यान्वयनमा रहेका थप १३ पालिकाहरूको वार्षिक कार्यक्रममाथि पनि कार्यक्रममा छलफल भएको र सहभागीहरूले मुख्य मुख्य क्रियाकलाप सम्पन्न गर्न लिइएको भावी रणनीति र सम्भावित चुनौतीमाथि व्यापक छलफल गरी समूहगत प्रस्तुति गरी कार्य योजना तयार गरिएको छ ।

प्रस्तुतिमा गरिएको कार्य योजना माथि आयोजनाको प्राविधिक सहयोग इकाईका विज्ञहरू तथा चिफ टेक्निकल सल्लाहकार मारिओ मिलानेसीबाट पृष्ठपोषण र सुझावहरू दिएका थिए । कार्यक्रममा सल्लाहकार मिलानेसीले आयोजनाको उद्देश्य मूलक नतिजा प्रतिफल प्राप्त गर्न स्थानीय सरकारहरूलाई प्राविधिक सहयोग गर्न आयोजनाको तर्फबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरे । कार्यशाला गोष्ठीमा स्थानीय तहको वास इकाईमा कार्यरत वास संयोजकहरू र आयोजनामा कार्यरत करिब ४० जनाको उपस्थित रहेको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५