
कृष्णकमल अधिकारी
दैलेख: भगवतीमाई गाउँपालिकामा सोसेक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा सञ्चालित बाल प्रायोजन संरक्षण र समावेशी गुणस्तरीय शिक्षा परियोजनाको सल्लाहकार समितिको अनुगमन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
परियोजनाको एक वर्षमा हासिल प्रगति जाँच्न बुधवार देखी तेस्रो पक्षीय अनुगमन गरी बिहीबार समीक्षा कार्यक्रम गरिरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको नेतृत्वमा दुई टोलीले परियोजना क्षेत्र भगवतीमाई गाउँपालिका पुगी अनुगमन गरेको थियो । अनुगमनमा देखिएका कुराको समीक्षा गरिएको छ ।
प्रमुख साहीसँगै, भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा, गैसस महासङ्घका उपाध्यक्ष डिलकुमारी चन्द, नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष तीर्थ भण्डारी, शिक्षा विकास तथा समन्वय इकाईका टेकराज कँडेल लगायत अनुगमनमा सहभागी थिए ।

पहिलो दिन बुधवार भगवतीमाई गाउँपालिका २ नं. वडाको जनता मावि रुम र ४ नं. वडाको कालिका मावि मनघर पुगी परियोजनाले पु¥;याएको सहयोग र शैक्षिक सुधारको अवस्था बारे शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालासँग भेटघाट गरेको सल्लाहकार समितिले बिहीबार गाउँपालिकाको सभा हलमा समीक्षा गरेको छ । समीक्षा कार्यक्रममा बालबालिकाहरूलाई सहयोग स्वरूप पोसाक हस्तान्तरण गरेको हो ।
कार्यक्रमको प्रस्तुतीकरण गर्दै प्रयोजनका संयोजक वासुदेव उपाध्यायले कार्यक्रमको एक वर्ष अवधिमा भए गरेका कामहरूको बारेमा जानकारी दिए । कार्यक्रमको सञ्चालक रूपमा रहेका बाल संरक्षण अनुगम अधिकृत प्रभा कुमार बि.क.ले बालविवाह नगरौँ भन्ने सन्देश सहितको देउडा गीत गाएका थिए ।
गाउँपालिकाका जनप्रतिनिधिहरू, वडा बाल क्लब बालसंजाल,शनिबारीय शिक्षण सकजकर्ता तथा सरोकारवाला समेतको सहभागितामा भएको समीक्षामा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दैलेखका वर्ल्ड भिजनले काम गरेका विद्यालयमा नयाँपन देखिएको बताए । उनले भने– यो कार्यक्रमलाई भगवतीमाई गाउँपालिकामा मात्र सिमित नगरी जिल्ला भर लागु गर्ने अनुरोध गर्छु । पैसा हुदैमा मात्र विकास हुँदैन पैसा लगानी कहाँ गर्ने भन्ने कुराको यकिन गर्नुपर्छ नागरिकमा चेतनाको विकास गर्ने यस्ता तालिम, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम गर्नुपर्छ । कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीयको ठुलो भूमिका हुने हुँदा उनिहरुको चेतनस्तर बढाउनको लागि कार्यक्रममा सल्लाह सुझाव दिन सक्ने बनाउनु पर्छ । आवश्यकताको पहिचान गरी कार्यक्रमहरू अगाडि बढाउनुपर्छ । प्रयोजनाले गरेका कामको अनुगमन गर्दा अहिले सम्मको प्रगति राम्रो देखिएकोले यसलाई निरन्तरता दिन अनुरोध गर्छु प्रमुख शाहीले भनेका छन् ।

कार्यक्रमको समापनमा बोल्दै भगवतीमाई गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं. ६ का वडा अध्यक्ष गणेश प्रसाद शर्माले सोसेक नेपाल र पालिकाको सहजिकरणमा भएको कार्यक्रम प्रति तपाई हामी सबै जिम्मेवार हुन जरुरी रहेको बताए समृद्ध भगवतीमाई बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने उनको धारण छ । गाउँपालिकामा सञ्चालित कार्यक्रम एक अर्कोको भनेर कोही पनि पन्छिनु हुदैन् अनले भने ।
कार्यक्रममा भगवतीमाई गाउँपालिका वडा नं २ का अध्यक्ष दीपक रावत वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बहादुर शाही लगायतले आफ्नो भनाई राखेका थिए ।





खुल्ला प्रेस । १ भाद्र २०८०, शुक्रबार ०७:५२