लम्पी स्किनबाट दैलेखमा पाँच सय भन्दा बढि पशु मरे

दैलेख – दैलेखका ११ वटै पालिकामा फैलिएको लम्पी स्किन रोगले पाँच सय ९४ चौपायको मृत्यू भएको र ७४ हजार सात सय ५३ पशुचौपाय बिरामी परेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जनाएको छ ।

मर्ने पशुबस्तुहरु सबै गाईगोरु भएको र बिरामी पर्नेहरुमा भैंसी समेत रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर बिष्टले बताए । बिरामी मध्ये १९ हजार नौ सय ६४ पशु चौपाय निको भएका उनले जानकारी दिए ।

लम्पी स्किन संक्रमणबाट पशुहरुमा फोको उढ्ने, पाक्ने र किरा पर्ने गरेको पाइएको बताउदै पशु सेवा केन्द्र र स्थानीय तहका पशु सेवा प्राविधिकहरु परिचालन गरी प्राथमिक उपचार प्रयास गरिएको उनकाे भनाइ छ ।

प्राथमिकता उपचारपछि पनि निको नभएका पशु बस्तुहरुको थप उपचारका लागि प्रदेश सरकारको पाँच लाख र पशु अस्पताल दैलेखको एक लाख ८५ हजार रुपैंयाँ औषधि जिल्लाका ११ पालिका र पशु अस्पतालमा पठाइएको जानकारी दिइएको छ ।

जिल्लामा प्राप्त भएको एक हजार डोज खोप प्राप्त भएको मध्ये दुल्लू र आठबीस नगरपालिका, ठाँटीकाँध, महाबु र भगवतीमाई गाउँपालिका समेत पाँच वटा पालिकामा चार सय पैतीस पशुलाइ लम्पी स्किन खोप लगाएको बताइएको छ ।

पशुबस्तु मरेका किसानहरुलाई क्षतिपूर्ति र उपचारमा सरकारी निकायबाट सन्तोष जनक तरिकाबाट तत्परता नपाइएको राष्ट्रिय कृषक समूह महासंघका कर्णाली प्रदेश सदस्य तेजबहादुर थापाको गुनासो छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार दैलेखमा किसानहरुले एक लाख २७ हजार छ सय २१ वटा गाईगोरु र एक लाख एक हजार चार सय तीन भैंसी पालेका छन् । परापूर्व कालमा दूधदही धेरै पाइने भएकोले जिल्लाका नाम दहीलेख हुँदै ‘दैलेख’ रहन गएको किवदन्ती छ । ज्वाला सन्देश

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५