विद्यालयमै मोडर्ना खोप अभियान

दैलेख ः स्वास्थ्य सेवा कार्यालय दैलेखले विद्यार्थिहरुलाई विद्यालयमनै कोरोना भाईरस बिरुद्धको मोर्डना खोप विद्यालयमै लगाउने अभियान संचालन गरेको छ ।
दैलेखमा ३५ हजार ५ सय ५० बालबालिकालाई विद्यालयमै मोडर्ना खोप लगाइने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार दैलेखका ९० वटै वडामा रहेका निमावि र मावि विद्यालयमा खोप केन्द्र स्थापना गरी १२ देखी १८ बर्ष सम्मका बालबालीकाहरुलाई उक्त खोप लगाउन थालीएको हो
नारायण नगरपालिकाले पुस ८ बिहीबारदेखी खोप अभियान सञ्चालन गरेको छ । नारायण नगरपालीकाका २१ विद्यालयमा अध्ययनरत करिब ४ हजार १ सय जना बालबालिकालाई खोप लगाउन लागिएको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह– संयोजक लाल बहादुर खड्काले जानकारी दिए ।
कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसी बताएका छन् प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर खोपको पहिलो मात्रा दिइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५