नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा मधुवन विसी

सुर्खेत: नेपाल प्रेस युनियन सुर्खेतको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले मधुवन विसीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सम्पन्न अधिवेशनबाट उपाध्यक्ष (खुलामा) बुद्धि सिंह ठकुरी र महिला उपाध्यक्षमा सीता आचार्य चयन भएका छन् ।

सचिवमा रमेशकुमार पाण्डे , सहसचिवमा संगिता भण्डारी र कोषाध्यक्षमा टेकराज केसी लाई चयन गरिएको छ ।

सदस्यमा मानबहादुर खड्का नवीन सुवेदी, जगतदल जनाला विक, कमल कुमार न्याैपाने, विष्णु सापकाेटा,अम्मर बहादुर कार्की, हुम बहादुर कार्की, महिला सदस्यमा भावना राना, अनमिका बाेहरा चयन भएका छन् ।

अधिवेशनमा नेपाली कांग्रेस सुर्खेतका सभापती समेत रहेका समाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, केन्द्रीय उपमहासचिव, केन्द्रीय सदस्यहरू कर्णाली प्रदेश अध्यक्ष,सदस्यहरू लगायतको उपस्थिति थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५