वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन

दैलेखः दैलेखको भगवतीमाई गाउँपालिकामा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता २०७९ उद्घाटन भएको छ ।
‘‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन भएको प्रथम वडा स्तरीय फुटबल (७ ए साइड) प्रतियोगिताको सोमबार भगवतीमाई गाउँपालिका वडा नं. २ को खेल मैदान बेस्तडामा भब्य रुपमा उद्घाटन भएको हो ।
भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक १४ गते देखि १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भगवतीमाई गाउँपालिका भित्रका ७ वटै वडाबाट फुटबल खेलाडिहरुले भाग लिएको आयोजक समितिले जानकारी दिएको छ । आयोजकका अनुसार–भगवतीमाई गाउँपालिका प्रवर्द्धक रहेको प्रतियोगितामा पालिकाका सबै वडाबाट खेलाडी सहभागी रहेकोले खेल रोचक हुने देखिएको छ ।
कार्यक्रम उद्घाटन बोल्दै गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर थापाले भने हामीले पहिलो कार्यपालिका बैठकबाटै भगवतीमाई गाउँपालिकालाई खेलकुदको माध्यमाबाट अन्तर्राष्ट्रिय जगतमै प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण सँगै यस पालिकाका खेलाडीहरूलाई प्रतिस्पर्धा गर्ने वातावरण तयार गर्ने निर्णय गरेको हुँदा भलिबल, फुटबल, क्रिकेट लगायतका खेलहरूमा दक्ष जनशक्ति निर्माणका लागि विभिन्न किसिमका खेलकुद प्रतियोगितामा गाउँपालिका सकारात्मक रहेको बताए । उनले भने गाउँपालिकामा हुने हरेक खेलकुदका कार्यक्रममा हामी सहयोग गरछौँ खेलाडीहरुले पनि सकारात्मक सोचका साथ आफ्नो मिहिनेतले भ्याए सम्म क्षमता प्रर्दशन गर्नुहुने छ भन्ने विस्वास लिएका छौँ ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष मिना खडकाले गाउँपालिकामा हुने कार्यक्रममा गाउँपालिका तथा आफ्नो तर्फबाट सधैँ सहयोग रहने बताइन् गाउँपालिका भित्र हुने कार्यक्रममा हामी सबै सँगै छौ भन्ने बुझ्न सम्पूर्ण खेलाडीहरूलाई अनुरोध गरिन् ।
कार्यक्रम उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका सभा अध्यक्ष एवं भगवतीमाई खेलकुद विकास समितिका अध्यक्ष समसेर बहादुर खड्काले गाउँपालिकामा खेलकुदको विकासका लागि कार्यक्रम गर्दै आएको जानकारी गराउँदै हरेक वर्ष खेलकुदका कार्यक्रम गर्दै यहाँबाट उत्पादन भएका दक्ष खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको लागि पठाउनुपर्ने आवश्यकता रहेको बताए ।
करिब तिन दिन सम्म सञ्चालन हुने प्रतियोगिताबाट प्रथम हुने खेलाडी टिमले तिस हजार रुपैयाँ नगर सिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमले पन्ध्र हजार रुपैयाँ नगर सिल्ड, मेडल र प्रमाण पत्र, उत्कृष्ट खेलाडीले एक हजार पाँच सय रुपैयाँ नगद ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
वडा स्तरीय फुटबल प्रतियोगिताको अवसरमा भगवतीमाई गाउँपालिकाले त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गरी ९ ओेैँ राष्ट्रिय खेलकुद बक्सिङ तर्फ स्वर्ण पदकबाट सम्मानित हुन सफल भगवतीमाई गाउँपालिका वडा नं.–४ जगनाथ की चन्द्रकला थापालाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५