आयुर्वेद स्वास्थ्य शिविरबाट चार सय बढी लाभान्वित

दैलेख: आयुर्वेद स्वास्थ्य शिविरबाट चार सय भन्दा बढी बिरामी लाभान्वित भएका छन्, नारायण नगरपालिका, विलासपुर आयुर्वेद औषधालय दैलेखले गरेको २ दिने शिविरबाट चार सय भन्दा बढी लाभान्वित भएका हुन् ।
नारायण नगरपालिका वडा नं।१० भवानीमा गते शनिवार भएको निःशुल्क स्वास्थ्य शिविरबाट ९० जना महिला तथा ८० जना पुरुषहरूले सेवा लिएका छन् । सोमबार नारायण नगरपालिका वडा नं।१ एक सय २५ महिला र एक सय ११ पुरुषले स्वास्थ्य परीक्षण गराएको विलासपुर आयुर्वेद औषधालय दैलेखका कविराज निरीक्षक राजीव भारतीले जानकारी दिए ।
उनले दिएको जानकारी स्थानीय सरकारको सहयोगमा नगरपालिका भित्रका विभिन्न वडाहरूमा प्रत्येक वर्ष निःशुल्क सेवा दिँदै आएको औषधालयले यस वर्ष पनि विभिन्न कार्यक्रम गरेको र धेरै बिरामीलाई लाभ पुग्ने गरी २ ठाउँमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा विभिन्न किसिमका सर्ने, नसर्ने रोगका बिरामी जस्तै पायल्स, बाथ अम्लपित्त, श्वासप्रश्वास, मुटु सम्बन्धी समस्या, माइग्रेन, पिसाब सम्बन्धी समस्या तथा महिला सम्बन्धी रोग, सेतोपाटी बग्ने, महिनावारि हुने बेला पेट दुख्ने समस्या भएका बिरामीलाई डाक्टरहरूले चेकजाँच गरेका थिए । शिविरमा ३४ किसिमको औषधी वितरण गरिएको थियो ।
शिविर उद्घाटन गर्दै नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्थानीय सरकार नागरिकको स्वास्थ्य प्रति प्रतिबद्ध रहेको बन्दै यस्ता शिविरहरू हरेक महिना सञ्चालन गर्न सके नागरिकको स्वास्थ्य सुधारात्मक हुने बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५