दैलेख: जिल्लाको भैरवी गाउँपालिकाका दुई वटा विद्यालयलाई समायोजन गरिएको छ । गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाको बिहिबार वसेको बैठकले भैरवी-६ का सगरमाथा आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको हो ।
गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाको बैठकले गाउँपालिका-५ डोक्रामा रहेका मस्टामाडु आधारभूत विद्यालयलाई माध्यमिक तहको अनुमति दिने निर्णय गरिएको गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाका अधिकृत दिपक खनालले बताए ।
यस्तै, गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाले गाउँपालिका स्तरीय राष्ट्रिपति रनिङशिल खेलकुद प्रत्योगिता यहिं माघ २५ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको अधिकृत खनालले बताए । उनले शिक्षाको विकासका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराखेर कामगर्ने बताएका छन् ।
खुल्ला प्रेस । २० माघ २०७९, शुक्रबार १६:१३