आयुर्वेद स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्धि तालिम

दैलेखः दैलेखमा आयुर्वेद स्वास्थयकर्मीहरुलाई क्षमता अभिबृद्धि तालिमा दिइएको छ । दैलेखमा रहेर आयुर्वेद सेवा दिदै आएका करिव २५ जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना तथा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको समन्वयमा ३ दिने आयुर्वेद सेवा सम्बन्धी क्षमता अभिबृद्धि तालिम भएको छ । विहिवारबाट सुरुभएको तालिम सनिबार सम्पन्न हुने छ ।

तालिम अवधिभर आयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली, योग तथा, पूर्वकर्म/पञ्चकर्म पश्चातकर्म, लगाएत स्वास्थ्य सेवा मार्फत गर्नेपर्ने गर्नेनुपर्ने सेवाको बारेमा तालिम दिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कविराज खुमा कुमारी के.सीले बताइन् ।

कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रका प्रमुख अतिथि एवं स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका कविराज पुस्पा आचार्यले स्वास्थ्यकर्मीहरुका लागि यस्ता कार्यक्रम महत्वपुर्ण भएपनि तालिम लिनेको संख्यामा कमी हुँदा तालिम प्रभावकारी नदेखिएको बताईन् । उनले भनिन्– आयुर्वेद भएका कर्णालीका सबै जिल्लाहरुमा यो कार्यक्रम भएको र दैलेख भन्दा पनि अन्य ठाउँमा संख्या कम देखिएकोले तालिम प्रभावकारी नभएको हो की भन्ने देखिएको छ ।

यस्तै कार्यक्रम समापनमा बोल्दै आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख राम प्रसाद महत्तोले यस्ता कार्यक्रहरुले स्वास्थ्यकर्मीहरुको क्षमता विकासमा टेवा प¥याउने बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५