दैलेख अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी

दैलेख : दैलेख जिल्ला सदरमुकामस्थित रहेको दैलेख जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा क्षेत्र प्रताव सुवेदी मनोनित भएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुवेदीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो ।

नौमूले गाउँपालिका–६ का सुवेदीलाई मन्त्रीस्तरिय निर्णय अनुसार आगामी चार वर्षका लागि अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन २०७८ को दफा २ को खण्ड क अनुसार सामाजिक विकास मन्त्रालयको भदौ १ गतेको मन्त्रीस्तरिय निर्णयले सुवेदीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५