दैलेखः दैलेखको पूर्वमामा पर्ने भगवतीमाई गाउँपालिका वडा नम्बर २ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । भगवतीमाई गाउँपालिका वडा नं. २ वडा कार्यालयको आयोजनामा वडा भित्रका १५ परिवारलाई आइतबार बाख्रा वितरण गरिएको हो ।
वडा भित्र बसोबास गर्ने १५ घरपरिवारलाई बाख्रा वितरण गरिएको भगवतीमाई गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक रावतले बताए । अध्यक्षका अनुसार– आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम तथा बजेट र आयआर्जन कार्यक्रम अन्तरगत वडा भित्रका विपन्न, अशक्त, विधुवा महिलाहरुलाई बाख्रा वितरण गरिएको हो ।
बार्षिक बजेट अनुसार बाख्रा वितरणको लागि वडामा १ लाख ५० हजारको बजेट थियो त्यहि बजेटको परिधिमा रहेर एक जनालाई दश हजार सम्मको स्थानीय उन्नत जातका बाख्रा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।




खुल्ला प्रेस । ५ चैत्र २०७९, आईतवार १७:५८