दैलेखः अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको दैलेख लोहोरे सडकखण्डको सिमाडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
सडकमा ठूलो पहिरो खसेकाकारण एक सातादेखि जिल्लाको भगवतिमाई गाउँपालिका हँदै जाजरकाेट सम्म पुग्न नागरिकले सास्ती खेप्नु परेकाे छ साेही ठाउँबाट नारायण नगरपालिकाका –११ मा जाने यातायात पनि ठप्प भएका छन् । पहिलो चरणमा गएको पहिरो नारायण नगरपालिकाले डोजरमार्फत पन्छाए पनि पुनः ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
नारायण नगरपालिका-८ का श्यामबहादुर रावलले पहिरो कारण भगवतिमाई गाउँपालिकामा आउने गाडी समेत लोहोरेमै रोकिएको बताए उनले भगवतिमाइको बेस्तडा, नारायणको विन्ध्यवासिनी र बडा भैरवबाट आउने गाडी लोहोरेसम्म आउने र त्यहाँबाट गाडी सिफ्ट गरेर नागरिकहरू सदरमुकाम पुग्नेगरेको बताए ।
मध्यपहाडी राजमार्ग योजना कार्यालयका नायव सुब्बा तीर्थ जिसीले वर्षा लगातार भइरहेको र पहिरो हटाउँदा झन् ठुलो समस्या हुने भएकाेकारण पहिरो नपन्छाइएको बताएका छन् पहिरो पन्छाउने हो भने त्यहाँ नजिकैको बस्ती झन् जोखिममा पर्ने बताउँदै उनले भने, “वर्षा कम हुने बित्तिकै पहिरो हटाउन सम्बन्धित ठेकेदारलाई भनेका छौँ ।”
भगवतिमाई गाउँपालिका –३ का बखत शाहीले पहिरो पन्छाउन सम्बन्धित निकायले ध्यान नदिएको बताए। नागरिकहरू बिरामी हुँदा समेत छिट्टै अस्पताल पुर्याउन समस्या भएको र “ लोहोरे चुप्रा हुँदै दैलेख सदरमुकाम जाने सडक भए पनि लामो दूरी भएकाकारण लोहोरेबाट अर्को गाडी रिजर्भ गर्नुपर्ने समस्या भएको बताए । नजिकैकाे सडकलाइ बैकल्पिक सडक बनाउन सकेकाे भए नागिरकले सास्थि खेप्नु नपर्ने उनकाे भनाइ छ । यता पहिराेकाे बिषयमा बुझदा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले साेमबारबाटै पहिराे पन्छाउने र सडक सुचारू गर्न पहल भइरहेकाे बताए ।
खुल्ला प्रेस । २० भाद्र २०७९, सोमबार ०७:१३