
दैलेख: राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ । शाहकाे आज मङ्गलवार काठमाण्डौकाे गैरीधारामा रहेकाे निवासमा हृदयघातका कारण निधन भएकाे उनकाे परिवारले जनाएकाे छ ।
नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी हुन २०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उनी राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत भएका थिए ।
शाहकाे जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो । २०१८ सालमा राजारजौटे ऐनअनुसार पुराना राजाहरूको पदवी खारेज हुँदा दुल्लूका पूर्वसांसदका बुबा जंगबहादुर शाह अन्तिम राजा थिए ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ६ बैशाख २०७९, मंगलवार २१:२९