दैलेख : दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वार्ड नं ४ तुर्सुमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गिरीप्रसाद बुढा तथा राजमो दैलेखका जिल्ला सहसचिव नरबहादुर सिंहको विशेष उपस्थितिमा आइतबार सो भेला भएको हो ।
भेलाले कमलराज अधिकारीको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय जनमोर्चा ४ नं. वडा समिति गठन गरेको छ । जसमा सचिव, कोषाध्यक्ष र सदस्यहरूमा क्रमशः दानबहादुर केसी, हरिबहादुर बिसी, खड्कबहादुर विसी, साबित्रा बुढा, कर्ण बहादुर बुढा र पृथ्वी बुढा रहनुभएको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १३ पुष २०७८, मंगलवार ०९:४०