निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर दैलेखमा

दैलेखः निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर दैलेखमा सञ्चालन भएको छ । स्वास्थ्य सेवा कार्यालयको समन्वय, एनएमबी बैंकको प्रायोजन तथा नारायण नगरपालिकाको आयोजनामा शिविर शुक्रबारबाट सञ्चालन गरिएको हो । शिविरमा मुटु, पेट, कलेजो, सुगर, प्रेसर, किड्नी तथा पिसाब, दम,मृगी, मानसिक, यौन समस्या, आँखा, दाँत, नाक, कान, घाँटी, मुख स्वास्थ्य, प्रसूति सेवासम्बन्धी समस्या, छाला, प्लास्टिक सर्जरी, बालरोग, सम्बन्धी विशेषज्ञहरूद्वारा निःशुल्क परिक्षण साथै औषधी निःशुल्क वितरण गरिएको आयोजक नारायण नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
जिल्लामा पहिलो पटक धेरै बिशेषज्ञ चिकित्सक बोलाएर एकै स्थानबाट सेवा दिनको लागि शिविरको आयोजना गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक लालबहादुर खड्काले बताए । दुईदिने शिविरको उद्घाटन प्रतिनिधिसभा सांसद रवीन्द्र शर्माले गरेका हुन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५