दैलेख : नेपाल निजामती कर्मचारी संगठन दैलेखले महेन्द्रप्रसाद न्यौपानेको नेतृत्वमा जिल्ला कार्यससमिति चयन गरेको छ । संगठनको शनिवार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा सुनिल न्यौपाने र अभिसरा सिंह चयन भएका छन् । यस्तै सचिवमा कृष्ण माझी, सहसचिवमा मानबहादुर कार्की, कोषाध्यक्षमा लोकेश कुमार कार्की चयन भएको बताईएको छ ।
संगठनको जिल्ला कार्यससमिति सदस्यमा शैलेन्द्र थापा, लिल रोकामगर, सुमन ढकाल, दिनेशकुमार रोकाय, देवेन्द्र अधिकारी, लालमणि खनाल, राजेन्द्र बिसी, लब बहादुर सिजापती, गणेशबहादुर शाही, मदन तिमेल्सेना, रजनी थापा, सृष्टि शर्मा, टोपबहादुर बुढा, डिलकुमारी योगी र शुष्मा विक चयन भएको संगठनका सचिव कृष्ण माझीले जानकारी दिए । माझीका अनुसार अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।
नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन आयोजक समितिका सहसंयोजक लेखनाथ कोइराला, संगठनका पूर्व केन्द्रीय अध्यक्ष पूर्णप्रसाद ढकाल लगाएतको सहभागिता थियो ।
खुल्ला प्रेस । ५ पुष २०७८, सोमबार १२:२०