भूकम्प प्रभावित क्षेत्र जाजरकोटका लागि दैलेखबाट पनि एम्बुलेन्ससहित हिँड्यो चिकित्सकको टोली

दैलेखः शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो मानवीय क्षति पुगेको जाजरकोटका लागि विभिन्न क्षेत्रबाट उद्धारका लागि टोलीहरु जाने क्रम रहेको छ।

यस्तै जिल्ला अस्पताल दैलेखबाट पनि एम्बुलेन्सहित चिकित्सकको टोली जाजरकोटका लागि हिँडेको छ। मध्यपहाडी लोकमार्ग हुँदै चार जना चिकित्सक सहित ९ जनाको टोली एम्बुलेन्स लिएर हिँडेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा धर्मराज रेग्मीले जानकारी दिए।

साथै उनले जाजरकोट सदरमुकाम पुग्न अघि कोही कसैलाई उद्धारको आवश्यकता भए खबर गर्न अनुरोधसमेत गरेका छन्। सामाजिक सञ्जालमा सन्देश राख्दै उनले उद्धारको आवश्यता भएकालाई ९८४२१७३४८३, ९८५८०४४९९० र एम्बुलेन्सको नम्बर ९८६८१६५६८२ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५