दैलेखका ९ पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

दैलेख ः दैलेखका ९ पालिकामा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गरिएको छ । ११ वटा पालिका रहेको दैलेखमा ९ वटामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । ९ वटा पालिकामा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको माओवादी केन्द्रले जानकारी दिएको छ । सम्पन्न अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम कटुवालले बताए ।
उनका अनुसार नयाँ नेतृत्व अन्तर्गत दैलेखको भैरवी गाउँपालिकामा गोपाल रिजाल, चामुण्डाविन्द्रासैनी नगरपालिकामा रण बहादुर खडका, आठविस नगर पालिकामा वसन्त बस्नेत, ठाटीकाँध गाउँपालिकामा उमेश कुमार रावत र नारायण नगर पालिकामा तारा केशर धमला अध्यक्षमा चयन भएका छन् । नौमूले गाउँपालिकामा छवि सुवेदी, भगवतिमाईमा नरेन्द्र सिंह, इङ्गेश्वर गाउँपालिकामा श्याम राना, दुल्लू नगर पालिकामा टेक बहादुर खड्का पालिका अध्यक्षमा चयन भएका छन् ।
बाँकी २ पालिकामा पनि नेतृत्व चयनको काम सुरु भइसकेको प्रेम कटुवालले जानकारी दिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५