काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षण गरि १० हजार १ सय ७४ जनाको परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ७ मंसिर २०७८, मंगलवार १९:४८