यस वर्षको तिहारमा २१ लाख ३५ हजार फूल मालाको कारोबार

काठमाडौं : नेपालीहरुको महान पर्व दशै पछिको दोस्रो ठुलो चाँड तिहार पर्वमा २१ लाख ३५ हजार फूल मालाको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यस बर्षको तिहारमा सयपत्री, मखमली र गोदवरी सहित करिब १८ लाख ६५ हजार मालाको खपत हुने अनुमान गरिएको भएपनि २१ लाख ३५ हजार मालाको कारोबार भएको हो । अघिल्लो बर्षको तिहारमा कोभिडका कारण करिब १६ लाख मालाको मात्रै कारोबार भएको थियो ।

उल्लासमय वातावरणमा सम्पन्न भयो । फूलै फूलको पर्वको रुपमा समेत लिने तीहारमा बिशेष गरी यमपञ्चकको पाँच दिनमा अत्याधिक मात्रमा सपपत्री फूलको प्रयोग हुने गर्दछ । मखमली फूल चाँही दिदी बहिनीहरुले भाई टिकाका दिन दाजुभाईलाई लगाई दिने गर्दछ अर्थत तीहारमा एक दिन प्रयोगका लागि हुने गर्दछ । यस फूललाई चाडै नओइलाउने फूलको रुपमा समेत लिईन्छ ।

(करिब १८.१५ लाख सयपत्री तथा ३.०५ लाख मखमली र १५ हजार गोदावरी फूलको माला कारोबार भयो) । सयपत्री फूलको प्रति माला करिब रु.६० रुपैयाँ देखि ८० सम्म र मखमली फूलको प्रति माला रु.४० देखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको छ ।

यस बर्षको तिहार पर्वको लागि आबश्यक हुने सयपत्री फूलको माला मौसम प्रतिकुलताका कारण उत्पादनमा कमी आएकाले करिब बजार हिस्साको ८५% मात्रै आन्तरिक उत्पादनले परिपुर्ति गर्ने र बाँकी १५% आयात गरी पुरा गरिनु पर्ने अनुमान गरिएको थियो । तर गैर पुष्प व्यवसायीहरुबाट समन्वय बिना नै तिहार सुरु हुनु १५, २० दिन अगावै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेको कारण बजार माग भन्दा अधिक आपुर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३०% खपत भएको र उक्त माला सस्तो भई दिदा नेपाली उत्पादनले बजार नपाई करिब १५% सयपत्री फूलको माला फाल्नु परेको पुष्प उत्पादक व्यवसायीहरुको गुनासो रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यसरी आयातीत फूलको कारण नेपाली उत्पादनले बजार नपाउदा हतोत्साही भई यसमा लागेको पुष्प व्यवसायीहरु पलायन हुने हो की भन्ने चिन्ता समेत बढ्न गएको छ । मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ भने केहि मात्रामा निर्यात समेत हुने गरेको छ । यस बर्षको तिहारमा पनि करिब एक लाख भन्दा बढि मखमली फूलको माला बिभिन्न मुलुकमा निर्यात भएकोे फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

यस बर्षको तीहार पर्वको लागि आबश्यक सयपत्री फूलको बजार मागलाई परिपुर्ति गर्न सातै प्रदेश अन्तर्गत रहेको करिब ३२ जिल्लामा व्यवसायीक सयसत्री फूलको उत्पादन भएको थियो । प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डाकी प्रदेश, सुदुर पश्चिमाञ्चल प्रदेश अन्तर्गतका तराई तथा केहि मध्य पहाडी जिल्लाहरुमा केहि समय अगाडी आएको अविरल बर्षात र बाडीका कारण सयपत्री फूल खेतीमा असर परेको थियो । कोरोना कहर र मौसम प्रतिकुलतासंग जुधि उत्पादन गरेको नेपाली सयपत्री फूलले आयातित सयपत्री फूलसंग प्रतिस्पर्धा गर्नु परेको छ । ८०% सम्म अनुदान प्राप्त भारतिय सयपत्री फूलसंग नीजि लगानीमा उत्पादन गरेको नेपाली सयपत्री फूलले उत्पादन लागत उठाउनै समस्या भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले उल्लेख गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५