हामीले गरेको विकास विरोधी गठबन्धनलाई मन परेन : ओली

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको आरोप लगाएका छन् । नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत्को खपत बढाउन आग्रह गर्न थालेको भन्दै उनले भने– हामीले गरेका कामको जस लिन होडबाजी गर्दैछ अहिलेको सरकार ।

नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको दाबी पनि गरे ।

‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो’ उनले भने, ‘तर, हामीले गरेको विकासविरोधी गठबन्धनलाई मन परेन ।’ ‘सुरुङ खनिँदै थियो, विद्युत्को ट्रान्समिसन लाइन बन्दै थियो, पानीका नहर बन्दै थिए’, ओलीले भने, ‘अहिले हामीलाई विकास गर्नबाट रोकिएको छ, तर फेरि पालो आएपछि अधुरा योजना पूरा गर्छौ ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५