नेकपा (एमाले) दुल्लु नगरकमिटीको अध्यक्षमा नविन योगीको उम्मेद्धारी

 दैलेख ः नेकपा एमालेको दुल्लु नगरकमिटीको अध्यक्षमा नविन योगिले उम्मेद्धारी घोषण गरेका छन् । अहिले एमालेको देशभरी अधिवेशन चलिरहेको छ । दैलेखका ६ पालिकामा अधिवेशन टुङ्गियको छ । ५ पालिकामा अधिवेशन जारी छ । दुल्लुममा अधिवेशन जारी रहदाँ दुल्लुका नगरपालिका १० का नविन योगिले आफ्नो उम्मेद्धारी घोषण गर्नुको कारण सहित उम्मेद्धारी घोषण गरेको बताए ।
यस्ता छन् उनका प्रतिवद्धता
१.जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै सुखी नेपाली, समृद्ध नेपालको रास्ट्रिय आकाङ्क्षालाई पुरा गर्ने दायित्व बहन गर्ने ।
२.सुदृढ, ब्यबस्थित र असल सस्कारयुक्त पार्टी निर्माण गर्ने ।
३.नगरभित्र संगठनात्मक, बैचारिक, प्रशिक्षण जस्ता अभियानलाई तीव्रता दिन ।
४.पार्टीमा नयाँ पुस्ताको आकर्षणलाइ अभिवृद्धि गर्ने ।
५.नेतृत्व विकास र हस्तान्तरणलाई न्यायोचित तवरले व्यबस्थित गर्ने ।
६.कार्यकाल अवधिभर पार्टीका काममा मात्र केन्द्रित हुने र संसदिय फाटमा नजाने सस्कारको विकास गर्ने ।
७.जनप्रतिनिधि र पार्टीबिचको समन्वय सहकार्य गरि जनमुखी कार्यक्रमलाई तीव्रता दिने।
८.एक घर एक पार्टी सदस्य अभियानलाई थालनी गर्ने।
९. अग्रजलाइ सम्मान ,युवालाई प्रोत्साहन गर्ने ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५