पुल जीर्ण बनेपछि जोखिम मोलेरै यात्रा

दैलेखः झोलुङ्गे पुल जीर्ण बनेपछी जोखिम मोलेरै यात्रा गर्नु पर्ने बाध्यता भगवतिमाई गाउँपालिकाका नागरिकको छ । भगवतीमाई गाउँपालिका–७ र ६ स्थित जोतिङ्ग खोलामा पुल मर्मत नहुँदा बर्सातको समयमा स्थानीयलाई जोखिम मोलेरै यात्रा गर्नु पर्ने बाध्यता बनेको हो ।

खोलामा पुल मर्मत नहुँदा स्थानीय सोही पुलबाट जोखिम मोलेर आउजाउ गर्ने गरेको स्थानीय खगीसरा बुढाले बताइन् । उनले वडा–७ र ६ स्थित जोड्ने पुल वर्षौं डेर दशक अघि निर्माण भएको र पछिल्लो समयमा पुलका फल्याक कुहेर झरिसकेकाले आवतजावत गर्न अप्ठ्यारो भएको बताइन् ।

भगवतीमाई गाउँपालिका–७ का वडाध्यक्ष पूर्ण थापाले पुल मर्मत नहुँदा स्थानीयलाई पालिका आउन समस्या भएको बताए । उनले वर्षा लागेपछि पुल जीर्ण भएको बताए। पुल मर्मतको लागि दार च्यातेर शुक्रबारबाट पालिकाले पुलको काम थाल्ने वडाध्यक्ष थापाको भनाइ छ ।

भगवतीमाई गाउँपालिकाको मुख्य बजार बेस्तडा आउने पुल नहुँदा वर्षौंदेखि दुःख खेप्दै आएका भगवती गाउँपालिका–७ का स्थानीय चित्रबहादुर खड्का बताउँछन् उनले विद्यार्थी, शिक्षक, स्थानीयलाई समस्या हुने गरेको बताए ।

पालिकाले पुलको आवश्यकता भएको ठाउँमा पुल निर्माणका लागि बजेट छुट्याएको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले बताए ।

यता भगवतिमाई गाउँपालिमा वडा नम्बर ४ र ३ जोड्ने सान्तडा खोलामा पुल नहुँदा नागरिकहरु जोखिम मोलेरै यात्रा गर्छन । अस्पताल जाने कर्मचारी तथा साधारण नागरिकहरुलाई आवत जावतमा समस्या भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५